सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।