लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य (बिहीबार) घटेको छ।

गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन सामान्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।