साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अकंले बढेको छ ।

आज बजार २५.८८ अकंले बढेर २६६५.८१को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार ०.९८ प्रतिशतले बढेको हो ।

मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। ४० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।