धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.८५ अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.१८ प्रतिशतले वृद्धि भएर २६६८.१७ विन्दुमा बन्द भएको हो ।

आज दसैँ बिदाको अघिल्लो कारोबार दिन हो । अब सेयर कारोबार असोज २९ गते मंगलबार मात्र खुल्नेछ ।

यसदिन तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।