Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

शेयरबजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार एक सयभन्दा बढी अंकले बढेको बजार बुधबार भने २६ अंकले घटेको छ । बजारमापक परिसूचक यस दिन २५९७ को बिन्दुमा पुगेको छ । बजार घटेको दिन पनि थ्री स्टार हाइड्रो पावरको शेयरमूल्यमा भने १० प्रतिशतको वृद्धि भएको छ ।

यस दिन १८७ कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ कम्पनीको मूल्य बढेको छ । यस दिन कारोबार रकम पनि केही घटेको छ । मंगलबार ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा यस दिन ६ अर्ब ७७ करोड बराबरको शेयर किनबेच भएको छ ।