धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५९.०२ अंकले घटेको छ । सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ ।

यसदिन एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

नेपाल धितोपत्र बोर्ड (नेप्से)का अनुसार सोमबार कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ ।