सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
बुधबार २२.७३ अंकले परिसूचक घटेको छ । परिसूचक मात्रै होइन, यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । ३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो । त्यसपछिका दिनमा लगातार घट्दै बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ ।






