साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले सुधार आएको छ। अघिल्लो दिन १२७ अंक बढेको नेप्से परिसूचक आज ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको हो ।
आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोड ७१ लाखको कारोबार भएको छ ।






