Samjhana Khadka of Nepal during the ACC Women’s T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

युवा ओपनर सम्झना खड्काले एसीसी वुमन्स एसिया कपमा यूएईविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो अर्धशतक प्रहार गरेकी छिन् । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनाएको छ । सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनी ८ चौकासहित ५० रनमा क्रिजमा छिन् ।

उनी नेपालबाट महिला टी२० आईमा अर्धशतक पूरा गर्ने पाँचौं खेलाडी हुन् । यसअघि नेपालबाट रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा र पूजा महतोले अर्धशतक पूरा गरेका थिए । समग्रमा दोस्रो छिटो टी२० अर्धशतक पूरा गर्ने नेपाली खेलाडी बनेकी छिन् ।

महिला टी-२० आईमा नेपालबाट पूजा महतोले गत सेप्टेम्बरमा एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ३३ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । त्यसै खेलमा रुविना क्षेत्रीले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् ।

सन् २०२१ मा इन्दु बर्माले कतारविरुद्ध पहिलो टी–२० आई खेलमा ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । त्यसै सिरिजमा कतारविरुद्ध दोस्रो खेलमा रुविना र तेस्रो खेलमा सीताले समान ४७ बलमा अर्धशतक प्रहार गरेका थिइन् ।