नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।