सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रूपैयाँ २९ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिददर १४४ रूपैयाँ २२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८७ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४२ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ९७ पैसा र बिक्रीमा १६९ रूपैयाँ ७४ पैसा पाइन्छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ०४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४५ पैसा तोकिएको छ।
त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७४ पैसा र बिक्रीमा ९८ रूपैयाँ १९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३८ पैसा र बिक्रीमा २८ रूपैयाँ ५१ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ।






