राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज पाउण्ड एकको खरिदमा १६८ रूपैयाँ ३० पैसा र बिक्रीदर १६९ रूपैयाँ ०६ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ २२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८७ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६३ पैसा घटेको हो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५० पैसा र बिक्रीमा ८८ रूपैयाँ ९० पैसा पाइन्छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा पाइन्छ।
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३८ पैसा र बिक्रीमा २८ रूपैयाँ ५१ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ९८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ।






