साताको पहिलो दिन आइतबार सेयर बजार ८.२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक १९७४ अंकमा कायम भएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ७ को स्थिर रह्यो ।
तीन क्षेत्र फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढ्यो ।
सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४४ प्रतिशतले घट्न पुगेको छ ।
२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ र ७ वटाको स्थिर रहेको छ ।






