शेयरबजार परिसूचक नेप्से बुधबार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ०.२१ अंकले घटेर १,९६०.६० अंकमा पुगेर बन्द भएको छ ।

बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले घटेर ३४९.४० विन्दुमा पुगेको छ ।

आज फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.११ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर, माइक्रोफाइनान्स तथा ट्रेडिङ उपसमूहको सूचक पनि हरियाली छाएको छ । तर, बाँकी उपसमूहको सूचक भने घटेको छ ।

नेप्सेका अनुसार आज कुल २ अर्ब ५४ करोड ७० लाख ३० हजारबराबरको कारोबार भएको छ । आज ३०५ कम्पनीका ५८ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको थियो ।