साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

बिहीबार प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।