नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।
आइतबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक चार सय रूपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






