नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने ४०० रुपैयाँ बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको हो ।
तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाबर घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको हो ।






