साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य भने पनि बढेको छ।
शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






