नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६४ पैसा पाइन्छ।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ६५ पैसा र बिक्रीमा २८ रुपैयाँ ७८ पैसा पाइन्छ।
आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३४ पैसा तोकिएको छ।






