आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ७०० ले घटेको छ ।
छापावाल सुन आज १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ३४ हजार ८५० मा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १ हजार ६६० मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको १ हजार ७०५ मा कारोबार भएको थियो ।






