अघिल्ला दुई दिन कारोबार बन्द रहेको सेयर बजार बुधबार भने दोहोरो अंकले बढेको छ। ११ अंकले नेप्से बढेर १३६० अंकमा कायम भएको छ। कुल १५८ कम्पनीको ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

क वर्गका कम्पनीको मापक सेन्सिटिभ इन्डेक्स २ अंकले बढ्यो। बिमा समूहमा उल्लेख्य वृद्धि भएको छ। सो समूह १०७ अंकले बढेको छ।