राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज पाउण्ड एकको खरिदमा १६५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४७ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर आज १४१ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५६ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४० पैसा घटेको हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रूपैयाँ ४२ पैसा र बिक्रीमा ८५ रूपैयाँ ८० पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ २१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८६ पैसा र बिक्रीमा २७ रूपैयाँ ९८ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९९ पैसा तोकिएको छ।






