Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक झरेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.५६ अंक झरेको छ । सो अंकको कमीपछि नेप्से १९७२ अंकमा कायम भएको छ । कुल २ अर्ब ९ करोडको कारोबार भएको छ । कुल २११ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ६ को स्ठिर रह्यो ।

बैंकिङ ०.४८, विकास बैंक १.४६, फाइनान्स ०.८५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर १.१६, जीवन बीमा ०.५१, उत्पादन १.५४, माइक्रोफाइनान्स १.७२, निर्जीवन बीमा ०.८७, अन्य १.२५ र ब्यापार समूह १.१७ प्रतिशत घटेका छन् ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।