नेपाल राष्ट्र बैंकले शनिबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७७ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसा छ ।
आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ १२ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८ रूपैयाँ ७३ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १३ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८० पैसा तोकिएको छ ।






