नेपाली बजारमा सुनको मूल्य घटेको छ।
गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






