मंगलबार सेयर बजार ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३६ अंकमा कायम भएको छ । कुल ४ अर्ब १४ करोडको कारोबार भयो । यसअघि आइतबार ४ अर्ब २५ करोडको कारोबार भएको थियो ।
कुल १३७ कम्पनीको मूल्य बढ्दा १०१ को घटेको छ भने ७ को स्थिर रह्यो । फाइनान्स र अन्य समूह २–२ प्रतिशतभन्दा धेरै बढे । उत्पादन र माइक्रोफाइनान्स समूह भने १ प्रतिशतभन्दा धेरै घटे ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मानुषी लघुवित्तको ५.३, सबैको लघुवित्तको ४.४, समता लघुवित्तको ४.४ र बुद्धभूमि हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो ।






