नेपाली कांग्रेसले  वैशाख १५ गते हुने निर्वाचनमा इलाम-२ उपनिर्वाचनमा डम्बर खड्का र बझाङको क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले इलाम- २ मा उम्मेदवार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए ।

इलाम- २ मा वरिष्ठ नेता डा. शेखर कोइराला लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए ।

डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए ।