परम्परागत र सामान्य उपलब्धी दिने गरी काम गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले बदलिंदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । ‘छोटो समयमा देशको द्रुत आर्थिक वृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुने गरी परिणाम दिनुपर्छ यसका लागि सबैले अतिरिक्त पहलकदमी लिनुहाेस् ।’
सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्री प्रचण्डले सबै निकायले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने निर्णयलाई ध्यान दिन निर्देशन दिए । ‘परियोजनालाई प्रभाव पार्नसक्ने निर्णयहरू तथा कार्यान्वयनको पक्ष ढिलो भयो भने क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ, त्यसबाट देशलाई क्षति पुग्छ । त्यसैले यी विषयमा अतिरिक्त जिम्मेवारी बोध गर्नुहोस् ।’






