नेप्से परिसूचक ३.४३ अंकले घटेको छ।

यसदिन नेप्से ०.१७ प्रतिशतले घटेर २००६.७८ विन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रूपैयाँको सेयर कारोबार भएको छ।

यस दिन ३२२ वटा धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७९६ रूपैयाँ ८० पैसा कायम भएको छ।