गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डे राजीनामा दिएसँगै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन दाबी गर्ने रणनीतिमा लागेका छन्।
विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका पाण्डेले पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने गरी तयारी थालेका हुन्।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्। गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ।






