नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूलाई अघि बढाएर बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन्।

मंगलादेवी सिंह फाउण्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिलेको संविधानअनुसार दलले एकल बहुमत ल्याउन सक्ने अवस्था नरहेको बताए।

‘महिलाहरूलाई सशक्तीकरण गर्दै अगाडि ल्याएर नेपालको ठूलो पार्टीमात्र होइन, बहुमतप्राप्त पार्टीका रूपमा स्थापित गर्न सक्छौं,’ सभापति देउवाले भने, ‘महिलाहरू सच्चा क्रियाशील भएमा हाम्रो पार्टी पनि पूरापूर बहुमत नै ल्याउन सक्ने पार्टी बनाउनेतिर लाग्नुपर्छ।’

सभापति देउवाले अहिले कांग्रेस ठूलो पार्टी रहे पनि एकल बहुमत भने नरहेको बताएका थिए।