आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ ।
आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक आज घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ६५, व्यापार एक दशमलव ७४, लघुवित्त एक दशमलव २० र विकास बैंक एक दशमलव ०९ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ६२, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् शून्य दशमलव ०८, लगानी शून्य दशमलव ७९, जीवन बीमा शून्य दशमलव ९९, म्युचुअल फन्ड शून्य दशमलव ७३ र अन्य समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।






