प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।
अन्तर–व्यवस्थापिका सङ्घको १४८औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् ।
महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।






