गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणकाे आफू दाेषी नरहेकाे बताएका छन् । उनले सहकारी प्रकरणमा आफ्नाे नामबाहेक अरु केही नरहेकाे बताए ।

‘सहकारी प्रकरणमा मेरो नाम छ भनिएको छ । त्यहाँ मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । जाहेरी सूचनाको रूपमा प्रहरीमा दर्ता रहेको छ । यो कांग्रेस सरकारमा रहँदा भएको कुरा हो ।’

उनले आफूले अनुसन्धानलाई कुनै किसिमले प्रभावित नपार्ने बताए । ‘मन्त्रीले अनुसन्धान प्रभावित पार्ने होइन । निर्देशन दिने पनि होइन । संयन्त्र छ जो हामीले बनाएका हौँ । भोट हालेको मान्छेले ठग्यो भन्लान् जहाँ प्रश्न उठ्छ त्यहाँ जवाफ दिनुपर्छ ।’

राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अदालतमा दर्ता भएकाे मुद्दामा आफू प्रतिवादी नरहेकाे बताए ।