गृहसचिव एकनारायण अर्यालले देशभर अनुमति प्राप्त हतियार लिएर ५० प्रतिशतले नवीकरण नगरेको बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा ब्रिफिङ गर्दै अर्यालले गृह मन्त्रालयबाट अनुमति लिएर राखिएको हतियारबारे जिल्लाबाट प्राप्त विवरणबाट त्यस्तो भेटिएको बताएका हुन्।
उनले गृह मन्त्रालयले अनुमति लिएर राखिएका हतियारबारे जिल्लाबाट विवरण माग गरिरहेको जानकारी दिए।
प्रारम्भिक जानकारी अनुसार करिब ५० प्रतिशतले समयमै हतियार नवीकरण नगरेको उनले बताए।
अनुमति प्राप्त हतियारको गैरकानुनी प्रयोग र नियन्त्रण गर्न गृह मन्त्रालयले जिल्लामा अनुमति प्राप्त हतियार र नविकरणको अवस्थाबारे जानकारी माग गरेको थियो। प्राप्त प्रारम्भिक जानकारी अनुसार अनुमति प्राप्त गरेका हतियार समयमै नवीकरण नगर्ने करिब ५० प्रतिशत छन्
त्यसरी गैरकानुनी रूपमा राखिएका हतियारलाई शून्यमा झार्ने गरी गृहले नीति अपनाएको अर्यालले जानकारी दिए।






