बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेको छ।
यसदिन नेप्से ०.१६ प्रतिशतले घटेर २०६३.९५ विन्दुमा बन्द भएको छ।
बुधबारको बजारमा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १४ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०५ वटा धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।
गोर्खाज फाइनान्स र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
बोटलर्स नेपाल (बालाजु) को मूल्य सर्वाधिक ९.३२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य १८ हजार ३५० रूपैयाँमा झरेको छ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाइ मूल्य ८.०८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ३१ पैसामा झरेको छ।
बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९३ रूपैयाँमा १९ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको हो।






