नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ।

मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ।

आज चाँदी प्रतितोला एक हजार पाँच सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।