काठमाडौं : कथाकार परशु प्रधानको निधन भएको छ।
८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिए। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।
प्रधानको बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।
प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए।






