आज बिहान प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजे प्रतिनिधिसभाको बैठक सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा राखेका विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्नेछन् । त्यस्तै जोशीले नै निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।