मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अबिस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)उपचार खर्च बढ्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेहुदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पतीपत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।






