काठमाडौं – त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।

कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् । यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक किरण गौतम र गायीका अमृता घले गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ ।

लोक दोहोरी गायीका अमृता घले गुरुङ र गायक तथा सर्जक किरण गौतमको भर्खरै रिलिज  “ए सानि” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ ।

प्रेमिला शब्दहरुले भरिएको गीतमा गायक गौतमको शब्द अनि संगीत  रहेको छभने  यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतमा मिक्सिङ्ग मास्टरिङ कुमार सानु पुनको छ भने एरेन्ज नारायण द्ङ्गालको रहेको छ ।

त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ ।  भिडियोमा लोकप्रिय कलाकार लोमश शर्मा र बिना राऊत लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।

निर्देशक निरेन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ । आकर्षक फ्रेममा  राम केसीले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई   बिष्णु खड्काले सम्पादन गरेका छन् । गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ । उक्त गीतको भिडियो किरण गौतमको युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो….