मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गायक,सर्जक राजेन्द्र भण्डारी र प्रतिमा आर्यालको स्वर रहेको नयाँ गित ‘बाँसको धनु बाँसैको तिर हुनी’ सार्बजनिक भएको छ।

लोक दोहोरी गायीका प्रतिमा आर्याल र गायक तथा सर्जक राजेन्द्र भण्डारीले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् ।

सार्बजनिक गितमा गायक,सर्जक राजेन्द्र भण्डारी र प्रतिमा आर्यालको स्वरमा रहेको छ भने उक्त गीतमा राजेन्द्र भण्डारीको शब्द तथा सङ्गीत संयोजन रहेको छ।भने नारायण दंगालले एरेन्ज गरेका यो गित MF रेकर्डिङ स्टुडियोमा गोपाल दयालले रेकर्ड गरेका हुन।

सार्बजनिक गीतको भिडियोमा सुरेश श्रेस्ठको छायाँकन रहेको छ भने भिडियोलाई कल्पेश बिश्वकर्माको सम्पादन छ । भने उक्त भिडियोमा राजेन्द्र भण्डारी,प्रतिमा आर्याल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त भिडियो लाई मुटु ग्रुप निर्देशन गरेका छ्न भने केहि दिन अघि मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।

भण्डारीका यसअघि सार्वजनिक भएको ‘रिबन केसैमा’, ‘धानको चामल धानैको कनिका’, ‘लौन’, ‘ए है परान’, कल्पना, ‘मापसे’लगायत थुप्रै गीत लोकप्रिय छन्।

गीतको भिडियो Pratima Aryal Official Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।