फिलिपिन्सको दक्षिणी भाग मिन्डानाओ टापुको जनरल सान्टोस सिटी नजिकै सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पका कारण भवनहरू भत्किएका, सडकहरू क्षतिग्रस्त भएका र उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको र थप धेरै घाइते भएको पुष्टि भएको छ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानमा सर्न आग्रह गरिएको छ। तीन मिटरसम्मको सुनामीको लहर आउन सक्ने चेतावनी दिइएको छ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र उद्धार टोलीलाई सहयोग गर्न आह्वान गरेका छन्। भूकम्पपछि पराकम्पहरू जाने जोखिम रहेकोले क्षतिग्रस्त भवनबाट टाढै रहन सल्लाह दिइएको छ।
अधिकारीहरूले क्षतिको पूर्ण विवरण संकलन गरिरहेका छन्।