काठमाडौं प्रहरीले थमेल क्षेत्रबाट ५ जना विदेशी महिलालाई पक्राउ गरेको छ। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र सोरखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले गरेको अपरेसनमा ४ जना युगान्डा र १ जना केन्याली महिलालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, उनीहरू थमेलको व्यस्त पर्यटकीय क्षेत्रमा रातको समयमा वेश्यावृत्तिमा संलग्न थिए।
एसएसपी रमेश थापाका अनुसार, थमेलमा यस्ता गतिविधि नियन्त्रण गर्न ‘सेफ काठमाडौं’ अभियानअन्तर्गत निरन्तर अपरेसन गरिँदै आएको छ। यसअघि तीन दिनअघि मात्र ७ जना युगान्डाली महिलालाई पक्राउ गरिएको थियो भने चैत ११ मा २० जना विदेशी महिलालाई पक्राउ गरिएको थियो। पछिल्लो दुई महिनामा थमेलबाट ४१ जना विदेशी महिलालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ।
थमेलमा रातको समयमा गस्ती बढाइएको र अवैध गतिविधि नियन्त्रण गर्न थप कडाइ गरिएको प्रहरीले बताएको छ।






