तीज पर्वको अवसरमा लिटिल बुद्ध मण्टेस्वरी स्कूलद्वारा आयोजित नागार्जुन–५ तुषलदेवीमा स्थित तीजको दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरू सक्रिय रूपमा सहभागी भई तीजको सांस्कृतिक महत्वलाई उत्सवमय वातावरणमा मनाइएको थियो।
त्यसैगरी, अर्को विशेष तीज दर कार्यक्रम सिलौटो रेस्टुरेन्ट एण्ड भेन्युमा पनि सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित आदरणीय दिदीबहिनीहरूले आपसी सद्भाव, प्रेम र उत्साहका साथ तीज पर्वलाई सांगीतिक तथा पारम्परिक माहोलमा हर्षोल्लासपूर्वक मनाउनुभएको थियो।
“तीज मात्र पर्व होइन, नेपाली नारीहरूको भावनात्मक अभिव्यक्ति, सांस्कृतिक सम्पदा र आत्मीय सम्बन्धको प्रतीक हो।”






