काठमाण्डौ – नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ। निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रुपैयाँले भाउ घटाइएको छ। यो नयाँ मूल्य आजबाट लागू भएको हो। अब काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल १५७ रुपैयाँ र डिजेल–मट्टीतेल १४२ रुपैयाँमा पाइनेछ भने अन्य क्षेत्रअनुसार दर फरक हुनेछ। मूल्य वर्गीकरणअनुसार चारआलीदेखि धनगढीसम्मका क्षेत्रमा पेट्रोल १५४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेल १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।






