काठमाण्डौ – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कचौडे भीर नजिकको त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। ११ वर्षीया जेनी डंगोल र सदिक्षा राई हिजो बेलुकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष उद्धार टोली हिजो साँझै घटनास्थलमा परिचालित भइसकेको छ भने आज बिहानैदेखि खोजी कार्य पुनः तीव्र पारिएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।