लिभरपुलले इतिहास दोहोर्‍याएको छ। जुर्गेन क्लोपको प्रशिक्षणमा रहेको टोलिले इंग्लिस प्रिमियर लिगको उपाधि दोस्रोपटक उचालेको छ। यसअघि सन् २०१९/२० को सिजनमा कोभिड महामारीबीच लिग जितेको लिभरपुलले फेरि सफलता दोहोर्‍याएको हो।

टोटेनहम हटस्परमाथि ५–१ को शानदार जितसँगै लिभरपुलले यस सिजनको उपाधि आफ्नाे नाममा पक्का गर्‍यो। दोस्रो स्थानमा रहेको आर्सनलको खराब लयका कारण लिभरपुललाई अन्तिम पाँच खेलमा केवल एक अंक आवश्यक थियो, जुन उसले सजिलै पूरा गर्‍यो।

३४ खेलमा ८२ अङ्क जोडेको लिभरपुल आर्सनलभन्दा १५ अंकले अगाडि छ, जसले समान खेलमा ६७ अंक मात्रै बटुल्न सकेको छ। टोटेनहम भने लगातार हारसँगै ३७ अंकमा सीमित रहँदै १६औँ स्थानमा नै अडिएको छ।

त्यसैगरी गएरातिको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेलेका छन्। बोर्नमाउथ दशौँ स्थानमा उक्लिएको छ भने युनाइटेड १४औँ स्थानमा थामिएको छ।

लिभरपुलका समर्थकहरूका लागि यो पुनः उत्सव मनाउने घडी हो।