डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गो स्थित जेट सेट नाइट क्लबमा छत खस्दा कम्तीमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन्। क्लबमा घटेको यस भीषण दुर्घटनामा लोकप्रिय डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गर्दै थिए, र अचानक छत खस्दा यसले ठूलो मानवीय क्षति पुर्यायो।
घटनामा क्लबमा उपस्थित ५०० देखि १००० जनासम्मका मानिस प्रभावित भएका थिए। डोमिनिकन राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिँदै घटनास्थलको अनुगमन गरेका छन्।






