काठमाण्डौ – मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदैछन्। यो पर्व इस्लामिक पात्रोअनुसार रमजान महिनामा गरिएको उपवास (रोजा) को समाप्ति पछि मनाइन्छ।

रोजा अवधिमा मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी र अन्य भौतिक सुख-सुविधाबाट टाढा रहन्छन्। सरकारले ईद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा प्रदान गरेको छ।